Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालन

धादिङ । जमिन भासिएपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

धादिङको गणेशखोलामा पुलको मुखनेर जमिन भासिएपछि अवरूद्ध भएको राजमार्ग बिहान साढे १० बजेबाट एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।

अहिलेलाई एकतर्फी सवारी पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जमिन भासिएको ठाउँमा छ तह जाली बिछ्याएर ग्याबिन गरिएको छ।

बाटो मर्मत गर्न नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका इन्जिनियरसहित नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077