Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पुल भासिँदा अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेन, एकतर्फी खुलाउने प्रयास जारी

धादिङ । सोमबार अपराह्न ४ बजेदेखि अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी छ ।

धादिङको धुनीबेशी नगरपालिका–६ धार्केस्थित गणेश खोलामा रहेको पुल भासिँदा ठप्प भएको सवारी आवागमनका लागि पुल मर्मतको काम भइरहेको हो ।

सोमबार दिउँसोदेखि पानी परेका कारण पुल भासिँदा बाटो खुलाउन नेपाली सेना परिचालन भएको छ।

उक्त स्थानमा आएको पहिरोसँगै पुल भासिँदा सोमबार अपरान्हदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो।

परिचालित सैनिक इञ्जीनियर्स टोलीले तत्कालै एक्रोब्रिज जडान गरि हाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ । पुलको एकापट्टीको भाग भासिँदा सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अपराह्न ४ बजेदेखि पुलमा पूर्ण क्षति हुँदा दुवैतर्फ यातायात पूर्णरूपमा ठप्प भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077