Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य

काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।

आचार्यलाई कार्यकारी निर्देशकमा प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नियुक्त गरेका हुन् ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका डा. आचार्यले कांग्रेसका विभिन्न समितिहरुमा रहेर कार्य गरिसकेका छन् ।

नेपाली कांग्रेसको नीतिगत अनुसन्धान तथा प्रशिक्षणका लागि काम गर्ने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान उपसभापतिको नेतृत्वमा रहने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077