Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गर्ने निर्णय गरेको छ।

रास्वपाको सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो ।

संसदीय दलको नेता लामिछाने चयन गर्ने निर्णय भएसँगै संसदीय दलले अनुमोदन गर्नेछ ।

नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।

त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077