Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - भ्रमबाट देश बन्दैन, योजनावद्ध ढंगले अगाडि बढ्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र सत्ता गठबन्धनले ध्वस्त पारेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

सरकारले विकास निर्माण, सामाजिक निर्माणको काममा ध्यान नभएको बताए। अहिले कर्मचारीलाई तलब खुवाउन र सरकार छ भन्न बाहेक अरू केही नहुने बताए।

ओलीले भने,‘भ्रमबाट देश बन्दैन । भावनाबाट देश बन्दैन । योजनावद्ध ढंगले देश अगाडि बढ्नुपर्छ । देशको अर्थतन्त्र गम्भीर छ । विकास निर्माण त कता हरायो कता हरायो ? सामाजिक कार्य कहाँ हराए कहाँ हराए ? हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्था छ ।’

ओलीले जनताले पाएको उपलब्धिविरुद्ध अनेक खालका शक्तिहरू सल्बलाउन थालेको टिप्पणी गरे । किसान नेता अनसन बस्दा पनि सरकार चुप लागेर बसेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077