बझाङ । बझाङको सुर्मा गाँउपालिका–३ सौनगाँउमा चिसोले कठ्यांग्रिएर एक जनाको ज्यान गएको छ।
आईतवार साँझ यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा अत्यधिक चिसोले कठ्यांग्रिएर कलक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको बुझिएको छ।
अहिले गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाने तयारी गरिरहेको जनाईएको छ ।
Leave a Reply