Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • रविको पार्टी कार्यालयमा साइकललाई प्रवेश निषेध

    रविको पार्टी कार्यालयमा साइकललाई प्रवेश निषेध

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 708
    SHARES

    काठमाडौं । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन् ।

    शाहले सोमबार फेसवुकमा ‘साइकललाई घण्टी घरभित्र प्रवेश छैन’ भन्दै स्ट्याटस लेखेका हुन् ।  शाहले आफूलाई साईकल चढेकै कारण रास्वपाको कार्यालयमा प्रवेश गर्न नदिएको गुनासो गरे ।



    शाहले लेखेका छन्, ‘पालेज्यूले साइकललाई घन्टीघर भित्र प्रवेश छैन भन्नुभो, भित्र मोटरसाइकल चै छिर्न दिइएको रैछ, मैले त्योबारे प्रश्न गरेँ। पालेले गाडी र मोटरसाइकल त पाउँछ भने। पालेज्यूको आदेश मानेर म बाहिर निस्केँ।’



    शाहले रवि लामिछानेको पार्टी कार्यालयमा साइकललाई प्रवेश निषेध भएको बताएका छन् । सांसद तथा पार्टी उपाध्यक्ष डीपी अर्यालको निमन्त्रणामा आफु पार्टी कार्यालय बसुन्धारा पुगेको बताउँदै पालेले साइकललाई घण्टीघर भित्र प्रवेश छैन भनेपछि आफूले सांसद अर्याललाई फोन गरेको तर फोन नउठेको बताए ।

    सांसद अर्यालको फोन नउठेपछि थोत्रो कोट भिजाउँदै आफू घर फर्किएको उनले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार