Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका सईले गरे लोबुचे हिमाल आरोहण

काठमाडौं । नेपाल प्रहरी पहरा गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) पुरुषोत्तम नेपालीले ६ हजार ११९ मिटर अग्लो पूर्वी लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा उनी शुक्रबार हिमाल चढेका हुन् ।

इन्टरपोलको शताब्दी वर्ष मनाउने योजनाअन्तर्गत नेपालको तर्फबाट नेपाल प्रहरीका कर्मचारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउने तयारी गरेका छन्।

आरोहणमार्फत आपराधिक क्रियाकलाप हुन नदिने, यसबाट नेपालको पर्यटन प्रवर्द्धन हुने साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति बढ्ने उद्देश्य रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077