Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • आज २०८० साल बैशाख १६ गते शनिबारको यस्तो छ तपाईको राशिफल

    आज २०८० साल बैशाख १६ गते शनिबारको यस्तो छ तपाईको राशिफल

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 1.2K
    SHARES

    मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज  मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । साँझमा भने नयाँ कार्यको योजना बन्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारबाट नोक्सानी बेहोर्नु पर्ला ।



    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज साझेदारी, वैदेशिक कार्य र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  आज नावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला । स्वादिष्ट भोजनमा खर्च बढ्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएको कामको गाँठो फुक्नेछ । विद्याको क्षेत्र सबल रहनेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह पनि मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले पनि तीव्रता लिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार