Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य

    संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 681
    SHARES

    काठमाडौं । संघीय संसदको दुवै सदनको चालु हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुने भएको छ ।

    नेपालको संविधानको धारा ९३ को उपधारा (२)बमोजिम मन्त्रिपरिषदको वैशाख १२ गतेको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन् ।



    यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’



    राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार