काठमाडौं । नेकपा एमालेका सांसद विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भए सरकारले महँगो मूल्य चुकाउनु पर्ने बताएका छन् ।
शुक्रबार संसदमा बैठकमा बोल्दै सांसद पौडेलले ओलीमाथि भइरहेका आक्रमणका प्रयास भईरहेको बताएका हुन् ।
सांसद पौडेलले अध्यक्ष ओलीमाथि अहिले पनि आक्रमणको तयारी भइरहेको दाबी गरे। एमाले उपाध्यक्ष समेत रहेका पौडेलले तेह्रथुम र ताप्लेजुङमा आक्रमणको तयारी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद पौडेलले भने, 'खबरदार सरकार, हाम्रा श्रदय अध्यक्षमाथि आक्रमण गरिए सरकारले महँगो मूल्य चुकाउनुपर्छ। हामीले सुनेका छौं, तेह्रथुम र ताप्लेजुङमा अपराधिक घटना हुनेवाला छ। कुनै अप्रिय घटना नघटोस्। सरकारको ध्यानाकर्षण गराए।'
उनले गृहमन्त्रीको प्रवचनले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताए।
सरकार मौन समर्थक बनेको र आक्रमणकारीलाई उक्साउन सत्ता समर्थक दलका कतिपय कार्यकर्ता सहभागी भएको सूचना पाएको उनले बताए ।