Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गछौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल गरेर निचोडमा पुग्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘बधाई दिन प्रधानमन्त्रीले फोन गर्नुभएको थियो । समर्थन फिर्ता लिनेबारे मैले यस्तो सुने के हो ? भनेर चासो राख्नुभएको थियो। त्यसबारे थप छलफल भएको छैन ।’

सरकारले आफ्नो एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएको भन्दै समर्थन फिर्ता लिने सम्भावना बढी रहेको लामिछानको भनाई छ ।

सभापति लामिछानेले सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर सरकारबारे निर्णय लिन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077