Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - अयोग्य लडाकुलाई पैसा दिने निर्णय गलत छ, पीडितमैत्री कानुन बनाऊ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अयोग्य लडाकुलाई राज्यकोषबाट पैसा बाँड्ने सरकारको निर्णय गलत भएको बताएका छन् ।

महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत् राज्यकोषमा आर्थिक स्रोतको दबाब परेका बेला सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका हुन् ।

महामन्त्री थापाले राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत भएको र यो निर्णय रोक्नु बताएका छन् ।

महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ' राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्।'

सरकार रकम बाँड्न तिर नभई पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित हुनुपर्ने महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077