Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीको प्रवक्तामा कुवेर कडायत नियुक्त

काठमाडौं । प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

उनी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका तत्कालीन डिआइजी निरज शाही एआइजीमा बढुवा भएसँगै प्रवक्ता फेरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077