Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामसङको टेलिभिजन नेपालमा उत्पादन सुरु

नवलपरासी । नेपालमा पनि सामसुङ टेलिभिजनको उत्पादन सुरु भएको छ।

नवलपरासीको रामग्राम नगरपालिका-११ मा रहेको गोल्छा ग्रुप कप्पनीबाट टेलिभिजन उत्पादन सुरु गरिएको हो।

बुधबार एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसुङका दक्षिण(पश्चिम एशियाका अध्यक्ष जेबी पार्कले संयुक्तरूपमा उद्घाटन गरेपछि टेलिभिजन उत्पादन सुरु भएको छ।

हिम इलेक्ट्रोनिक्ससँगको साझेदारमा उत्पादन सुरु गरिएको टेलिभिजन ३२ देखि ८५ इन्च सम्मका छन्। टेलिभिजनमा उत्पादनमा प्रत्यक्ष १ हजारले रोजगारी पाउने र हालः ४ सय जनाबाट उत्पादन सुरु गरिएको गोल्छा ग्रुपले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुक, सामसुङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्कलगायतको सहभागिता थियो।

टेलिभिजन उत्पादनका लागि २०२२ अगष्टमा कम्पनीको शिलन्यास गरिएको थियो। सामसुङले नेपाली बजारमा वासिङ मेशिन, रेफ्रिजेरेटर, स्मार्टफोनलगायतका इलेक्ट्रोनिक्सहरू उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077