Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विष्णु पौडेलको चुनावी खर्च साढे २२ लाख

काठमाडौं । एमाले सांसद विष्णु पौडेलले गत मंसिर ४ गते भएको निर्वाचनमा गरेको चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका पौडेलले निर्वाचनमा २२ लाख ४५ हजार ८ सय ७६ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

पौडेलका निर्वाचन प्रतिनिधि खुमकान्त पौडेलले बुझाएको विवरणअनुसार सवारीसाधनमा ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख २५ हजार, छापा एपं विद्युतीय माध्यममा ९ लाख २० हजार ८ सय ७६, ढुवानीमा ७१ हजार, गोष्ठी, अन्तरक्रिया कार्यकर्ता परिचालनमा २ लाख ७७ हजार खर्च भएको उल्लेख छ ।

त्यस्तै, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविध खर्चमा १० हजार देखाइएको छ ।

पौडेल गत मंसिरको निर्वाचनमा रुपन्देही-२ प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077