Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जितपछि स्वर्णिमले भने- कार्यकारी भूमिका पाए राष्ट्रकै जिम्मेवारी बोक्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. स्वर्णिम वाग्लेले निर्वाचित भएको प्रणामपत्र पाएका छन् ।

वाग्लेलाई आज मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले उनलाई निर्वाचित भएको प्रमाणपत्र दिएका हुन् ।

वाग्लेले प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कार्यकारी भूमिका पाए तनहुँसहित राष्ट्रकै जिम्मेवारी बोक्ने बताए ।

वाग्ले जनताले गरेका अपेक्षालाई न्याय हुने गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

मनोनयन दर्ताभन्दा दुई दिनअघि कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका वाग्ले आइतबार भएको निर्वाचनमा तनहुँ १ बाट स्वर्णिम ३४ हजार ४ सय ८० मतसहित विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077