Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • चितवन–२ मा भारी मतान्तरसहित रवि लामिछाने फेरि निर्वाचित

    चितवन–२ मा भारी मतान्तरसहित रवि लामिछाने फेरि निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 942
    SHARES

    फाइल तस्विर

    चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले विजयी भएका छन् ।

    लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका हुन्। लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् ।



    चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए ।



    यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।

    यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवन–२ मा  कुल ७८ हजार २७७ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार