Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नक्कली नोटसहित धनुषाबाट एक महिला पक्राउ

धनुषा । धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहको साथबाट १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकी साहको साथबाट प्रहरीले सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077