Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वर्णिम वाग्लेलाई बधाई दिंदै गोविन्द भट्टराईले भने – सहयोग गर्न तयार छु

काठमाडौं । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई बधाई दिंदै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सहयोग गर्न तयार रहेको बताएका छन् । वाग्लेसँगै चुनाव लडेर पराजित भएका भट्टराइले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् ।

वाग्ले ३४ हजार ४ सय ८० मतका साथ विजयी हुँदा भट्टराई २० हजार ९२ मतसहित दोस्रो भएका थिए।

भट्टराईले मतदाताका अति ठूलो अपेक्षा र भरोसा रहेकाले पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न पनि वाग्लेलाई आग्रह गरेका छन्।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै
प्रिय स्वर्णिमजी !
सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई !
चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रह्यो ।
र, संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो ।
तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।
मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु । अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।
यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सक्नुहोस्, मेरो धेरै धेरै शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077