Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुस्किलसँग लड्न सक्ने साहस दिएकोमा चितवनवासीलाई नमन् : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पूर्ण मतदातालाई हार्दिक आभार प्रकट गरेका छन् ।

उपनिर्वाचन सकिएसँगै सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले भने, ' हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू, सुरक्षा निकाय, निर्वाचन आयोग, आम संचारकर्मीहरु र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं । हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन्।'

उनले आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई मजबुत बनाउने काम भएको भन्दै सम्पूर्ण मतदातालाई हार्दिक आभार प्रकट गरेका छन् ।

सभापति लामिछानेले निर्वाचनको दौरानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने नेपाल तथा नेपालबाहिरका सबैमा आभार पनि प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077