Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनको कृष्णपुर केन्द्रमा पनि रोकियो मतदान

चितवन । चितवन क्षेत्र नं २ को भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर मावि केन्द्रमा पनि मतदान रोकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भीड जम्मा गरेर मतदान केन्द्रमा गएपछि अन्य दलका कार्यकर्ताले विरोध गर्दा कृष्णपुरको मतदान प्रक्रिया पनि अवरुद्ध भएको हो ।

यसअघि वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा एक घण्टादेखि नै मतदान रोकिएको छ । यससँगै चितवन क्षेत्र नं २ का दुई मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको छ ।

लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । अहिले अवस्था सामान्य छ तर मतदान सुरु भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077