Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कीर्तिपुर क्षेत्रमा आतंक मच्चाउने चितुवा पर्यो खोरमा

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आईतबार खोरमा परेको छ ।

एक महिनाअघिदेखि विश्वविद्यालय वरपर आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही मानिसलाई आक्रमण गर्ने जस्ता आतंक मच्चाउँदै आएको चितुवा पासोमा परेको हो ।

उक्त चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक वन्यजन्तुसम्बद्ध निकायले थापेको पासोमा पारेर नियन्त्रणमा लिइएको हो।

चितुवाको आवतजावत कम गराउन त्रिवि परिसरका झाडी फडान गर्ने तथा बत्ती जडान गर्ने कार्य भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077