Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • गठबन्धन सरकार लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ : प्रधानमन्त्री प्रचण्ड

    गठबन्धन सरकार लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 630
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको बताएका छन् ।

    विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    ‘गलत प्रवृत्तिविरूद्ध वामपन्थी, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणामस्वरूप गत वर्ष भएको चुनावबाट वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा गठबन्धनका पक्षमा जनमत प्राप्त भयो,’ उनले जारी गरेको सन्देशमा भनिएको छ,’प्रतिगमनविरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ ।’



    उनले जनतालाई सामाजिक न्यायको प्रत्याभूति गराउँदै देशलाई समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध रहेको बताए । वर्गसंघर्ष र विचारधारात्मक संघर्षको लामो शृङ्खला एवम् विभाजन र एकताका अनगिन्ती अनुभवहरू हासिल गर्दै कम्युनिस्ट आन्दोलन आजको अवस्थामा आइपुगेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    शुभकामना सन्देशमा उनले भनेका छन् ‘आज नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक सङ्घर्षकै परिणामस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार