Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • इदले राष्ट्रिय सद्भाव र एकता प्रवर्धनमा योगदान पुग्ने कार्यबाहक राष्ट्रपति विश्वास

    इदले राष्ट्रिय सद्भाव र एकता प्रवर्धनमा योगदान पुग्ने कार्यबाहक राष्ट्रपति विश्वास

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 795
    SHARES

    काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इद उल फित्र) को अवसरमा इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् ।

    इदका अवसरमा शुभकामना दिँदै यादवले मुस्लिम समुदायको बसोबास रहेका सबैजसो भागमा मनाइने इद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायकको रूपमा रहेको बताएका हुन् ।



    उनले यो पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकासका साथै राष्ट्रिय सद्भाव र एकता प्रवर्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।



    सामाजिक, धार्मिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई मजबुत बनाउनेमा आफू विश्वस्त रहेको जनाउँदै कार्यवाहक राष्ट्रपति यादवले यो पर्वबाट राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न थप प्रेरणा प्रदान मिलोस् भन्ने कामना गरेका छन् । ईस्लाम धर्मावलम्बीले आज इदुलफित्र मनाउँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार