Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिमकार्ड डुप्लिसेशनमार्फत अनलाइन ठगी गर्ने थापा पक्राउ

काठमाडौं । सिमकार्ड डुप्लिसेशनमार्फत अनलाइन ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल भक्तपुरको सुर्यविनायक-८ बस्ने २३ वर्षीय अनिल थापा रहेका छन् ।

सामाजिक संजालमा आबद्ध रहेका विभिन्न बैंकहरुको अनलाइन भाइबर ग्रुप अकाउन्टहरुको दुरुपयोग गरी सिमकार्ड डुप्लिसेशनमार्फत उनले ठगी गरेको आरोप छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले पिडितहरुको बैंक तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई कार्डलेस एटिएममार्फत रकम निकाले अनुसन्धानबाट खुलेको छ ।

उनीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077