Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अश्लील तस्विरहरू अपलोड गरी युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । फेक आइडी बनाएर वैदेशिक रोजगारीमा रहेकी युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–शंखु बस्ने वर्ष २६ को मिनबहादुर लामा रहेका छन् ।

पीडित युवतीकी बहिनीले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । उनले आफ्नी दिदीले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुकमा अश्लील म्यासेज पठाई मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या गरेको बताएपछि प्रहरीले उनको खोजी गरेको थियो ।

लामाले ती युवतीसहित अन्य महिलाहरूको गोप्य अंग देखाइएको अश्लील तस्विरहरू अपलोड/पोष्ट गर्नुका साथै फेसबुक म्यासेञ्जरबाट पनि तस्विरहरु पठाउने गरेका थिए ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077