Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दमौलीमा स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड, अनुसन्धान गर्दै प्रहरी

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ ।

तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गाडी तोडफोड भएबारे शुक्रबार बिहान सवा ६ बजे मात्रै प्रहरीले सूचना पाएको थियो । सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार वि.कको टोली घटनास्थल पुगेको थियो ।

गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेको बताइएको छ । गाडीको साइडसाइडका सिसा फुटेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077