Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाने भन्छन् - म चितवनले रोपेको बिरुवा हुँ, अब जल चाहियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं चितवन-२ का उम्मेदवार रवि लामिछानेले आफू चितवनले नै रोपेको बिरुवा भएको टिप्पणी गरेका छन् ।

चितवनमा भएको चुनावी सभालाई बिहीबार सम्बाधोन गर्दै सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । आफू चितवनले नै रोपेको बिरुवा रहेको बताउँदै उनले यसपल्ट आफूलाई जल चाहिएको बताए ।

उनले भने, ‘तपाईं आफैंले गत निर्वाचनमा रोपेको बिरुवा हुँ म। तपाईंले मल पनि हालिसक्नुभयो। यसपल्ट तपाईंहरुले जल हाल्नुपर्नेछ।’

उनले आफू यहीँ थुनिएको र यहीँबाट संसद्‌मा पुगेको बताउँदै ‘न्याय चाहिएको भए चितवन जानू’ भन्ने अवस्था आएको बताए । यस्तै गृहमन्त्रीको रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि आफूमाथि षड्यन्त्र गरेर पदबाट हटाएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077