Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘स्वर्णिम वाग्लेले जित्ने संम्भावना’ शिर्षकमा समाचार लेखेको भन्दै सेतोपाटीविरुद्ध गोविन्द भट्टराईले दिए उजुुरी

काठमाडौं । सेतोपाटी डटकमले बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट स्वर्णिम वाग्लेले जित्ने संम्भावना भन्दै समाचार प्रकाशित गरेपछि सोही क्षेत्रमा नेपाली कांग्रेसको तर्फाबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भट्टराईले आज सेतोपाटी डटकमकाका सम्पादक अमित ढकालसहित ४ जना विरुद्ध उजुरी दिएका हुन् ।

सेतोपाटीका सम्पादक ढकालसहित ४ जनाले आचारसंहिता उल्लंघन गरेको भन्दै उम्मेदवार भट्टराईले कारबाहीको माग गरेका छन् । सेतोपाटीले बुधबार तनहुँ १ मा स्वर्णिम वाग्लेले राम्रो मतान्तरले जित्ने भन्दै सर्भेक्षण सार्वजनिक गरेको थियो ।

‘तनहुँ १ मा राम्रो मतान्तर सहित स्वर्णिम वाग्लेले जित्ने संम्भावना’ शीर्षक राखि मतदातालाई प्रभावमा पार्ने गरी सेतोपाटी डटकम नामक अनलाइन सञ्चारमाध्यमले घण्टीवाहक उमेदवार स्वर्णिमको पक्षमा माहोल बनाउने काम गरेको भन्दै उम्मेदवार भट्टराईले उजुरी दर्ता गराएको जनाएका छन् । उनले निर्वाचनको ४ दिन अगाडि नियोजित षड्यन्त्रका रुपमा मत सर्वेक्षण गरेको पनि उजुरीमा उल्लेख गरेका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सेतोपाटी अनलाइनका बिरुद्ध आचारसंहिता उल्लंघनको उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077