Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नुहाउने क्रममा तीन जना बेपत्ता, एकको शव फेला

सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका-१ सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ ।

बुधबार नदीमा डुबेका तीन जनामध्ये सशस्त्र प्रहरीले एक जनाको शव फेला पारी नदीबाट बाहिर निकालेको हो । अन्य दुई जनाको खोजीकार्य भइरहेको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे जानकारी पाएपश्चात नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन (डीएम) तालिम प्राप्तसहितको टोलीले झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नविन न्यौपानेको शव नदीबाट बाहिर निकालेको हो।

न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० वर्षीय राजन गुरागाई र झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २२ वर्षीय रुद्र न्यौपाने आज बिहान नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077