काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले संसद विघटन गरेर केपी शर्मा ओलीले देशको राजनीति भद्रगोल बनाएको बताएका छन् ।
पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।
महासचिव भुसालले अहिले राजनीतिक भद्रगोल हुनुको मुख्य कारक एमाले अध्यक्ष ओली नै भएको आरोप लगाए ।
महासचिव भुसालले ओलीवाद एउटै सिद्धान्त म र मेरो फाइदा मात्रै भएको टिप्पणी गरे ।
संसद र पार्टी विघटन गरेर ओलीले देशको राजनीतिक भद्रगोल बनाएकै कारणले वैकल्पिक भन्नेहरु अहिले सडकमा देखिएको उनको भनाई छ ।