Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

काठमाडौं । म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ ।

सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसँग ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

गए राती बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेको बा८प ४०७२ नंको मोटरसाइकलले ठक्कर दिएको हो ।

मोटरसाइकल चालक सुशील खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077