काठमाडौं । सरकारले काठमाडौं तराई फास्टट्रयाकको खोकना जग्गाको सम्बन्धमा समस्या समाधान गर्ने समिति गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रहेको समस्या समाधानका लागि खड्काको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ ।
उक्त समितिलाई तीन महिनाको अवधि दिइएको शर्माले जानकारी दिइन् । यस्तै सरकारले जग्गाको कित्ताकाट खुला गर्ने पनि निर्णय गरेको छ ।
साथै तत्कालीन गृहमन्त्री रवि लामिछानेले गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णयलाई गठबन्धन सरकारले खारेज गरिदिएको छ ।