काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्व वागी उम्मेदवारलाई गरेको कारबाही फुकुवा गरेको छ । पार्टी अनुशासन समितिले मंगलबार निर्णय गर्दै कारबाही फुकुवा गरेको हो ।
कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार विज्ञप्ति जारी गर्दै २०७४ र २०७९ मा पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्व बागी उम्मेदवारी दिएका र त्यस्ता बागी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी हित विपरीत गतिविधिमा सङ्लग्न भएका कारण उनीहरु स्वतः कारबाहीमा परेकोमा सो कारबाही आजको मितिदेखि लागु हुने गरी फुकुवा भएको जानकारी दिए ।
तनहुँ, चितवन र बारा जिल्लामा पार्टी विधान विपरीत त्यसखाले गतिविधि गर्नेलाई जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिले सो निर्णय गरेको हो ।
यस्तै कारबाही फुकुवा भएका तनहुँ, चितवन र बारा जिल्लाका नेता कार्यकर्तालाई तनहुँ– १ मा गोविन्द भट्टराई र चितवन–२ का पार्टीका उमेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा–२ का उमेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि पर्न भनिएको छ ।
Leave a Reply