Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलले अझै फिर्ता गरेनन् संसदको गाडी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद सचिवालयबाट प्राप्त गरेको गाडी फिर्ता गरेका छैनन् ।

पौडेलले बहालवाला राष्ट्रपति भइसकेपछि राष्ट्रपतिले नै पाउने सुविधा पाइसकेपछि पनि पूर्व सभामुखको हैसियतमा प्राप्त सरकारी सुविधाको गाडी फिर्ता नगरेका हुन् ।

पौडेल राष्ट्रपति निर्वाचित भएको ४० दिन पुगिसक्दा पनि दोहोरो सुविधा लिईरहेको भन्दै उक्त गाडी फिर्ता गराउन पहल भइरहेको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077