Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • ड्राइभर दुर्घटनामा परेपछि रविले भने – स्तरहीन बनेर घटनालाई राजनीतिकरण नगरिदिनू

    ड्राइभर दुर्घटनामा परेपछि रविले भने – स्तरहीन बनेर घटनालाई राजनीतिकरण नगरिदिनू

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सवारी चालकको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको बताएका छन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै सभापति लामिछानेले आफ्ना सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था सुधारिएको तर स्थिर रहेको जानकारी दिएका हुन् ।



    लाछिानेले भने, ‘म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला । सक्नुहुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला।’



    चालक थापाको अवस्था सुधारिएको उल्लेख गर्दै लामिछानेले यस्तोबेला नुनचुक नलगाउनसमेत आग्रह गरे । लामिछानेले चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचाररत शम्भुको बारेमा आफूसँग भन्ने कुनै शब्दै नभएको बताए ।

    सभापति लामिछानेले स्तरहीन बनेर राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन् । सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका(११ को ३ तले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार