Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाँचदलीय गठबन्धनले वैशाख ७ गते बारा २ मा चुनावी सभा गर्दै

काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा –२ मा वैशाख ७ गते पाँचदलीय गठबन्धनको चुनावी सभा हुने भएको छ ।

चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछ ।

यहि वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077