Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

दाङ । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका -११ स्थित खैरा चोकमा मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

सोमबार बिहान ११ बजे भएको दुर्घटनामा घोराही ११ खैराचोक बस्ने लु ७३ प ११६२ नम्बरको मोटरसाइकल चालक २६ वर्षीय सन्देश बस्नेत र पछाडि बसेका सोही ठाउँका १७ वर्षीय गोपाल विकको मृत्यु भएको हो ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077