Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो विदेश भ्रमणको तयारीमा राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुने भएका छन् ।

राष्ट्रपति पौडेल आगामी मे ६ तारिखमा लन्डनस्थित वेस्टमिनिस्टर गिर्जाघरमा हुने बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका हुन् ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमणको तयारी हो । तर, भ्रमण तालिका सार्वजनिक हुन भने बाँकी नै छ । मे ५ मा रिसेप्सन र ६ मेमा मुख्य कार्यक्रम हुने भएकाले सोहीअनुसार भ्रमण तय हुने शीतलनिवास स्रोतले जनाएकोे छ ।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा क्यामिलालाई रानीको दर्जा दिइएको छ। उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077