Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भाईरल ज्वरोका कारण एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

अध्यक्ष ओलीले फेशबुकमार्फत भाईरल ज्वरोका कारण स्वास्थ्यमा केही समस्या आएको बताएका हुन् ।

अध्यक्ष ओलीले लेखेका छन्, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन ।’

ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका छन्। स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुन नसकेको बताए ।

उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न जाने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077