Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको भर्जिनिटी समाप्त भइसक्यो , अब अर्गानिक हुनुहुन्न : योगेश भट्टराई

चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछानेको भर्जिनिटी समाप्त भएको बताएका छन् ।

आइतबार बिहान चितवन पुगेका भट्टराई पत्रकार सम्मेलनमा बोल्दै लामिछाने जनतामा भ्रम छर्दै हिँडेको बताएका हन्।

भट्टराईले लामिछानेले बैशाख १० गते हुने निर्वाचनमा जिते फेरी उपनिर्वाचन हुने निश्चित रहेको दाबी गरे। उनले सुशासन र भ्रष्टाचारको नारा बोकेर हिँड्ने लामिछानेको चरित्र उदाङ्ग भएको टिप्पणी गरे।

गृहमन्त्री हुँदा लामिछानेले सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्का दिएको कुराले उनको चरित्र प्रष्ट भएको बताए।

सचिव भट्टराईले भने, ‘उहाँको भर्जिनिटी समाप्त भइसक्यो , उहाँ अर्गानिक हुनुहुन्न। गृहमन्त्री भएर छोटो समयमा गरेको कामले नै प्रष्ट पारे। मन्त्री छोड्नु अघिल्लो रात सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्काको निर्णय भएको छ।’

नागरिकताको विषयमा लामिछानेले गल्ती नभई राज्यलाई ढाटेको बताए। नागरिकता प्रकरणमा लामिछाने दोषी देखिपछि सर्वोच्च अदालतले उनको पद खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077