Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज बैशाख ३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल बैशाख ३ गते आइतबारको राशिफल ।

मेष

आफन्तबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि छ ।

मिथुन

आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

सिंह

रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । कुनै कुराले मनमा शान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।

धनु

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सेवाभावमा मन लाग्नेछ । पारिवारिक सुख मिल्नसक्छ ।

कुम्भ

आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

बृष

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ ।

कर्कट

यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनुहोला ।

कन्या

आज शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

बृश्चिक

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुबिधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आउनेछ । सरकारी निकायको भय रहनेछ ।

मकर

नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

मीन

आज राजनैतिक कार्यमा र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077