चितवन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनमा आसन्न उपनिर्वाचनमा बहुसङ्ख्यक जनताले एमालेको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गरेका छन् ।
भरतपुर–१२मा पार्टीका स्थानीय कार्यकर्ताले शनिबार गरेको चुनावी घरदैलोमा सहभागी हुँदै सचिव भट्टराईले यस्तो बताएका हुन् ।
उनले नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएको र त्यो दिनानुदिन हट्दै गएको दाबी गरे ।
“यो निर्वाचन क्षेत्र एमालेको राम्रो प्रभाव भएको ठाउँ हो, विगत निर्वाचनमा केही भ्रमहरु सिर्जना गरिए । अहिले भ्रमहरु हट्दै गएको पाएँ । एमालेको जित हुनेमा विश्वस्त छु” कार्यकर्ता माझ भट्टराईले भने ।