Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 1K
    SHARES

    file photo

    सिराहा । जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

    सिराहाको गोलबजार नगरपालिका १ लडाडामा हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो ।



    साथीहरूसँग नाच हेर्न गएको वेला गोलबजार नगरपालिका १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेका थिए ।



    घटना लगतै पुगेका प्रहरी सहितले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

    हात्तीले पटक–पटक यस क्षेत्रमा मान्छेमाथि हमला गरेकाले यसलाई नियन्त्रण गर्न वन र राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने कार्य भइरहेको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार