Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सिराहा । जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

सिराहाको गोलबजार नगरपालिका १ लडाडामा हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो ।

साथीहरूसँग नाच हेर्न गएको वेला गोलबजार नगरपालिका १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेका थिए ।

घटना लगतै पुगेका प्रहरी सहितले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

हात्तीले पटक–पटक यस क्षेत्रमा मान्छेमाथि हमला गरेकाले यसलाई नियन्त्रण गर्न वन र राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने कार्य भइरहेको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077