Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • बैशाख तेस्रो साता भारत जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

    बैशाख तेस्रो साता भारत जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १ बैशाख २०८०
  • 624
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैशाख तेस्रो साता भारत भ्रमणमा जाने तयारी गरेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने तयारी गरेका हुन् ।



    स्रोतका अनुसार नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए ।



    राजदूत श्रीवास्तव अघिल्लो साता प्रधानमन्त्री दाहालको भ्रमणको चाँजोपाँजो मिलाउन दिल्ली गएका थिए ।

    आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा छलफल गरेको बताइएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति तोक्ने स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार