Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति लामिछानेविरुद्ध अख्तियारमा भण्डारीको उजुरी

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

कञ्चनपुरका पत्रकार खेम भण्डारीले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइन उजुरी दिएका हुन् ।

पत्रकार भण्डारीका अनुसार गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आव्हान गरेको विषयमा उजुरी दिइएको हो ।

‘आज मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिएको छु,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्,‘उजुरी दर्ता भइसकेको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077