Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा ९८२ जनालाई विभूषण प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन्।

शुक्रबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९८२ जनालाई विभूषण प्रदान गरेका हुन् ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई विभूषण प्रदान गरिएको छ ।

शुक्रबार शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।

निर्वाचन आयोगका आयुक्तहरू, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, कलाकार राजेश हमाल र दीपकराज गिरीलगायतलाई राष्ट्रपतिले विभूषण प्रदान गरेका छन्। राष्ट्रपतिबाट ९ सय ८२ जनालाई विभूषण प्रदान भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077