Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा मकवानपुरका सचिवद्वारा पार्टी परित्याग

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका जिल्ला सचिव विजयसिंह ठकुरीले पार्टी परित्याग गरेका छन्।

राप्रपामा अवसरवादको हाबी भएको भन्दै जिल्ला सचिव ठकुरी तथा जिल्ला उपाध्यक्ष शंकरसिंह ठकुरीले पार्टी परित्यागको घोषणा गरेका हुन ।

राप्रपामा रहेर समाजको हित नहुने भन्दै उनीहरु दुबैले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीमा चरम अवसरवाद मौलाएको र यो विषयले पवित्र उद्देश्यहरू पुरा नहुने देखेपछि पार्टीबाट अलग भएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077