Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका लागि पुनः निर्वाचन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

निर्वाचनमा कसैको पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

तर ३ जना उम्मेदवारबीच भएको चुनावी भिडन्तमा एक उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोश्रो चरणको चुनाव हुने निश्चित भएको हो ।

दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार रामचन्द्र संघाई र अन्जान श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ ।

अध्यक्ष पदमा संघाई, श्रेष्ठसँगै र उमेशलाल श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए । अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत तर्फको मतगणना जारी छ ।

८० प्रतिशत मतभारको गणना सकिंदासम्म अहिलेसम्म ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077